काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताउनुभएको छ ।
नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उहाँले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपिएको छ भन्नुभयो ।
नेता पुनले पार्टीलाई विधि र पद्धतिका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक, विचार, सिद्धान्त र पद्धतिका आधारमा पार्टी निर्माण गर्छौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उहाँहरुले नचिने पनि यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ, गर्छौँ ।”
अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहे पनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिका विपक्षमा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटनको सिफारिस संवैधानिक प्रावधान र मान्यताका हिसाबले असंवैधानिक रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ माघ २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन