सुत्नुअघि नखानुस् यी खानेकुरा

एजेन्सी

शुक्रबार, २३ माघ २०७७, १२ : १७
सुत्नुअघि नखानुस् यी खानेकुरा

काठमाडौं । दिनभरि व्यस्त रहँदा र मेहनत गर्दा शरीर थाकेर राति मीठो निद्रा लाग्नुपर्ने हो । तर केही मानिसलाई यस्तो अवस्थामा पनि निद्रा लाग्दैन र कोल्टे फेरेरै रात बित्छ ।  यसका लागि रातिको खानपान पनि जिम्मेवार हुन्छ । केही खानेकुराले निद्रालाई डिस्टर्ब गरिदिन्छन् । 

यहाँ हामी त्यस्ता केही खानेकुराको चर्चा गर्दैछौं जसको सेवन निद्राअघि कदापि नगर्नुहोला । 

पास्ता
राति मज्जाले सुत्ने हो भने कार्बोहाइड्रेट भरिएको पास्ता जस्ता खानेकुरा खानै हुँदैन । सुत्नुअघि पास्ता खाँदा त्यो बोसोमा परिणत हुन्छ । यसका साथै पास्तामा तेल, चीज, क्रीम र गोलभेंडाको सस पनि हुन्छ । यसले बोसो बढाउनुका साथै निद्रा भगाउँछ । 

लसुन
लसुनका धेरै फाइदा छन् र यसले भोजनलाई पनि स्वादिष्ट बनाउँछ । तर सुत्ने समस्या भएका मानिसले राति लसुन नखाएको राम्रो । यो तातो जिनिस हो । राति यसलाई खाँदा यसमा भएको रसायनले मानिसलाई छटपटी गराउँछ ।

डार्क चकलेट
सुत्नुअघि डार्क चकलेट नखाने सल्लाह दिइन्छ । यसमा भएको क्याफिनले शरीरलाई छटपटी गराउँछ । अनि यसमा थियोब्रोमाइन नामक उत्तेजक पदार्थ हुन्छ जसले मुटुको ढुकढुकी बढाइदिन्छ । 

मिठाइ
रातिको भोजनमा गुलियो कुरा खाँदै नखानुस् । ब्रेकफास्टमा गुलियो खानु लाभदायक हुन्छ तर रातिको खानामा ठीक हुन्न । 

आलु चिप्स
राति चिप्स खाँदा पचाउन एकदमै गाह्रो हुन्छ । यसमा ग्लुटामेटको मात्रा बढी हुन्छ र निद्रालाई खल्बल्याउँछ । 
 

प्रतिक्रिया दिनुहोस