काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया र सामाजिक संजालमा आएजस्तो आफू एमसीसीको समर्थनमा पुगेको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ बिहीबार आमहड्तालका क्रममा प्रचण्ड सहभागी भएको क्षेत्रमा एमसीसीविरुद्ध नाराबाजी हुँदा उनले एमसीसीविरुद्धमा नाराबाजी गर्न रोकेका थिए।
उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए । ‘हिजो हामीले संवैधानिक परिषदको ज्याददीपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड