काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया र सामाजिक संजालमा आएजस्तो आफू एमसीसीको समर्थनमा पुगेको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ बिहीबार आमहड्तालका क्रममा प्रचण्ड सहभागी भएको क्षेत्रमा एमसीसीविरुद्ध नाराबाजी हुँदा उनले एमसीसीविरुद्धमा नाराबाजी गर्न रोकेका थिए।
उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए । ‘हिजो हामीले संवैधानिक परिषदको ज्याददीपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड