काठमाडौँ । काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टिबडी निर्माण भइसकेको दाबी विज्ञहरूले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरूको विश्लेषण छ ।
संक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टिबडी निर्माण भनिन्छ भने ५० प्रतिशतलाई संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभरि समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्नु आवश्यक रहेको उनीहरूले बताएका छन् ।
‘हाम्रो अनुमानमा काठमाडौंमा करिब ५० प्रतिशत मानिस कोभिडले संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक भाइरोलोजिस्ट डा। वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’
सरकारले गत दसैंअघिदेखि सातवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिभिलेन्स सर्भे गर्दा देशभरिमा १३।९ प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनिसकेको अर्थात् उनीहरू जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो । यो सर्वेक्षणको नतिजा हालसम्म सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०७ : ४२
लेखकबाट थप