काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान आन्दोलनले फेरि एक पटक जागरण ल्याएको बताएका छन् ।बिहीबार अखिल किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किसान आन्दोलनले परिवर्तनको खम्बाको रूपमा काम गर्ने जनाए ।
उनले आफू पनि राजनीतिज्ञ भए पनि बुवा र भाइ किसान रहेको भन्दै आफू पनि कृषिसँग जोडिएको बताए।मैले आफैंले हलो जोतेर आएको, कोदालो चलाएर आएको, बिउ काडेर आएको, आफैंले गाईभैंसी दोएर आएको छु, उनले भने,तपाईंलाई अनौठो लाग्छ होला मलाईं परालको पिर्का, काठको पिर्का, हलो तास्ने, जुवा बनाउने सबै कुरा आउँछ।
तर साधारण किसानले बुझेको कुरा केही नेताहरूले बुझ्न नसकेको उनले बताए। मै हुँ भन्ने, ठूल्ठूलो जुरो भएका नेताहरूले बुझ्दैनन्। तपाईंहरूले बुझेको कुरा नबुझेर आज कोहीकोही सडकमा हिँडिरहेका छन्, उनले भने,तपाईंहरूले बुझे जति कुरा बुझेका भए सडकमा गएर किन बस्नुपर्थ्यो
केही व्यक्तिहरूले अहिलेको स्थितिलाई प्रतिगमन देखे पनि अहिले प्रतिगमन नभएर जागरण भएको ओलीले भनाइ राखे। त्यसमा किसान आन्दोलनले भूमिका खेलेको उनले तर्क गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली