संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ

पत्रपत्रिकाबाट

बुधबार, २१ माघ २०७७, ०७ : १८
संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ

काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् ।

यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचिवसमेत रहेका मुख्य सचिव शंकरदास वैरागीले परिषद्बाट सिफारिस भएका सबैजनाको सिफारिस कानुनअनुसार परिपक्व भएकाले नियुक्तिका लागि मंगलबार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाएका थिए ।

परिषद्ले नियुक्तिका लागि नाम पठाएलगत्तै राष्ट्रपति कार्यालयले बुधबार सबैजनाको नियुक्तिको तयारी गरेको हो । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस