संसद सचिवालयका प्रवक्तालाई ओली पक्षको धम्की !

संसदका सभामुख र राष्ट्रिय सभा अध्यक्षका बीचको जुहारीको मारमा संसद सचिवालयका कर्मचारी

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०९ : ०७
संसद सचिवालयका प्रवक्तालाई ओली पक्षको धम्की !

काठमाडौं । संवैधानिक नियुक्तिमा सभामुख अग्नि सापकोटाले विगतका नजिर सम्झाउँदै सम्वैधानिक परिषद्को सक्कल पत्र नै फिर्ता पठाईदिएपछि ब्यवस्थापिका संसद अन्र्तगतका प्रतिनिधीसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका बीचमा जुहारी चलेको छ ।

सम्वैधानिक नियुक्तिका लागि संसदीय वैधता दिन अस्वीकार गर्दै सभामुख अग्नि सापकोटाले विगतका नजिर सम्झाउँदै पत्र फिर्ता पठाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले त्यसप्रति असन्तुष्टि जनाएका थिए । तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो असन्तुष्टि ब्यक्त गरेका हुन् ।

तिमल्सिना राष्ट्रिय सभा अध्यक्ष रहेपनि ओली निकटका नेता हुन् । असम्वैधानिक रुपमा सम्वैधानिक परिषद्को बैठक राखेर ओलीले विभिन्न आयोगका पदाधिकारीको नियुक्ति गरेको पत्र संसदीय सुनुवाईका लागि प्रतिनिधीसभा विघटन गरेकै दिन विघटन पछि ब्यवस्थापिका संसदमा पठाएका थिए । ओलीको शब्दमा प्रतिनिधीसभा विघटन भएको हो भने संसदीय सुनुवाई समिति पनि विघटन भएको मान्नुपर्ने हुन्छ । संसदीय सुनुवाई समितिमा प्रस्तुत नै नभएको सिफारिस गैरसम्वैधानिक हुने ब्यवस्था छ । 

सभामुख अग्नि सापकोटाले विगतको त्यही नजिर सम्झाउँदै सम्वैधानिक परिषद्मै पत्र फिर्ता पठाई दिएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्षले त्यसप्रति असन्तुष्टि जनाएका हुन । ब्यवस्थापिका संसदका सभामुख र अध्यक्षका बीचमा चलेको यो जुहारीको मारमा संसद सचिवालयका कर्मचारी समेत पर्न थालेका छन् । ओली पक्षले संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई अध्यक्ष तिमिल्सनाको वक्तब्यलाई संसद सचिवालयको प्रवक्ताको नाममा वक्तब्य दिन घुमाउरो शैलीमा धम्की नै दिएका छन् ।

ओली पक्षको धम्की पछि प्रवक्ता पाण्डेले राष्ट्रिय सभा अध्यक्षले दिउँसो जारी गरेको वक्तब्यमा उल्लेख गरिएका विषय उल्लेख गरेर साँझ अर्काे वक्तब्य दिनु परेको थियो । पाण्डेले सभामुखले सम्वैधानिक परिषद्को पत्र फिर्ता पठाएपछि संसद सचिवालयका तर्फवाट त्यसको जानकारी दिदै वक्तब्य दिएका थिए । 

सभामुखको कदमप्रति संसद सचिवालयले वक्तब्य दिएको भन्दै राष्ट्रिय सभा अध्यक्षको कदममा पनि राष्ट्रिय सभा अध्यक्षकै वक्तब्यमा समेटिएका विषय समेटेर वक्तब्य दिन पाण्डेलाई दबाब ओली पक्षले दिएको थियो । त्यसपछि पाण्डेले पनि अध्यक्ष तिमल्सिनाले वक्तब्यमा दिएको तर्कलाई आधार मानेर वक्तब्य दिएका थिए  नेकपा विवाद, त्यसमा संसदका सभामुख र राष्ट्रिय सभाको अध्यक्ष बीचका विवादमा संसदका कर्मचारी समेत प्रभावित हुन थालेका छन् । त्यसैको प्रमाण हो, संसद सचिवालयका प्रवक्ताले निकालेको वक्तब्य ।
 
हेर्नुहोस ओली पक्षले दबाब दिएपछि संसदका प्रवक्ताले निकालेको वक्तब्य :


 

प्रतिक्रिया दिनुहोस