काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।
आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक हासिल गर्न सबै पक्षले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको समृद्धि र सुखको आकांक्षा सम्बोधन हुनेगरी योजना तर्जुमा गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।
आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले आयोगको पूर्ण बैठकमा यस्तो अवधारणा पारित भएको जानकारी दिए । उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रूपमा समेत नेपाललाई रूपान्तरण गर्ने लक्ष्य राखेको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० माघ २०७७, ०६ : ५८
लेखकबाट थप