नयाँ शाखा र शाखारहित बैंकिङ्ग कारोवार विस्तार गर्दै जनता बैंक

मंगलबार, ०६ चैत्र २०७४, १४ : ५६
नयाँ शाखा र शाखारहित बैंकिङ्ग कारोवार  विस्तार गर्दै जनता बैंक

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले २ शाखा र ५ शाखारहित बैकिङ्गबाट कारोवार सुरु गरेको छ ।  उक्त बैंकले बारा, दाङ र कास्कीमा ती शाखाहरुबाट कारबोर सुरु गरेको हो ।  बैंकले २०७४ चैत्र १ देखि बाराको सिम्रोनगढ र चैत ५ गतेदेखि पोखराको बुढीबजारबाट कारोबार सुरु गरेको छ भने चैत ५ गते देखिनै कैलालीको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजारबाट कारोबार सुरु गरेको छ । त्यस्तै दाङको राप्ती गाउँपालिका ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ ।

यी शाखा विस्तारसँगै जनता बैंकका अब मुलुकभर ९८ शाखा सञ्जाल, ३१ वटा शाखारहित बैंकिङ सेवा, ३ वटा सिमित बैंकिङ इकाई, ३ एक्सटेन्सन काउन्टर र ६९ स्थानबाट एटिएम सेवा सुरु भएको बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस