एजेन्सी । भारतले सोमबार आर्थिक वर्ष २०२१–२२ को बजेट ल्याउँदैछ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले कागजबिहीन अर्थात ट्याबलेटबाट बजेट भाषण गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रविधिमैत्री बन्दै भारत सरकारले पहिलोपटक पेपरलेस बजेट भाषण गर्न लागेको हो ।
बीसीसी हिन्दीका अनुसार सीतारमण र अर्थराज्यमन्त्री अनुराग ठाकुर केन्द्रीय बजेट पेश गर्नका लागि मन्त्रालय पुगिसकेका छन् । बजेट भाषण हुँदैगर्दा सबै सांसदहरुलाई पनि डिजिटल कपी वितरण गरिएको छ ।
भारत सरकारले कोरोनाबाट थपिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिनेगरी बजेट ल्याउन लागेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने