काठमाडौँ । नेपाली कांग्रेसले सोमबार (आज) देशैभर एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभरका ७७ जिल्लामै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुन लागेको हो ।
संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताउँदै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ । यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन ‘रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई ‘कालो प्रतिगमन’ र ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ‘रातो प्रतिगमन’ को संज्ञा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज बस्ने भनेको कांग्रेस बैठक फेरि सर्यो
कांग्रेस महामन्त्रीसँग संस्थापन पक्षको यस्ता छन् ४ बुँदे माग
कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भोलि विशेष भेला
कांग्रेसले गर्यो दल दर्ता