काठमाडौँ । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गर्नुभएको थियो । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ माघ २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ