आज धनगढीमा शक्ति प्रदर्शन गर्दै दाहाल-नेपाल समूह

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, ११ : ४०
आज धनगढीमा शक्ति प्रदर्शन गर्दै दाहाल-नेपाल समूह

file photo

धनगढी । नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा आज  विरोधसभाको आयोजना गरेको छ। धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि  विरोधसभाको आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी आउदै छन्।

धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिए। लामाका अनुसार धनगढीको दुई ठाउँबाट र्याली निकालिने छ। ती र्याली कार्यक्रमस्थलमा गएर टुङगिने छ । ‘एउटा र्याली धनगढी चौराहबाट निस्किन्छ । अर्को केएमसी कलेजबाट। दुवै कार्यक्रमस्थलमा गर टुङगिने छन्,’ नेता तामाङले भने, ‘सभामा ५० हजार मानिस सहभागी हुने अनुमान गरेका छौँ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सो समूले यसअघि काठमाडौँ, बुटबल, विराटनगर लगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस