काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उहाँले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्दोलनमा होमिएको प्रष्ट्याउनुभयो ।
प्रधानमन्त्रीले पार्टीले देखेका सपना भुल्दै गएको र राज्य संयन्त्रका सबै शक्ति आफ्नो हातमा लिएर एकलौटी ढङ्गले अगाडि बढेको कारण अहिलेको अवस्था सिर्जना भएको उहाँको तर्क थियो । नेता शर्माले गलत निर्णयलाई आपूmहरुले रोक्दै जाने क्रममा संसद् विघटन गर्नेसम्म अवस्थामा पुगेको कारण संसद् पुनःस्थापना र लोकतन्त्र रक्षार्थ आन्दोलन थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राप्त उपलब्धीहरु सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणालीमाथि प्रहार भएको छ, यी जनताका अधिकार हडप्ने अधिकार कसैलाई छैन ।” अहिलेको लोकतन्त्र कुनै सरकारी कार्यालयबाट प्राप्त भएको र कसैले दिएको बक्सिस नभएर नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त भएकाले यसको सुरक्षाका आम जनता एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य रचना खड्काले युवा र विद्यार्थीले गलत र सही छुट्याएर मुलुकलाई अगाडि बढाउने बाटोमा उभिन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपाको अर्को पक्षले सबैलाई पद बाँडेर अपमान गरेको आरोप लगाउँँदै राजनीतिक एजेण्डामा केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियूका केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्रीले चालेको कदमलाई नसच्याएसम्म आन्दोलन जारिरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ माघ २०७७, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा