काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धु्रवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउने वित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो । परालमुनि प्लास्टिकको पुरियामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
“पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,”उहाँले भन्नुभयो, “उनीहरुबाट सेतो रङको १७ वटा नाइट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु १७ हजार ८५० नगदसहित बरामद गरिएको छ ।” पक्राउ परेका दुबैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ माघ २०७७, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ