काठमाडौं । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् ।अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।
जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ ।
धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ माघ २०७७, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन