मुखको क्यान्सरबाट कसरी बच्ने ?

पत्रपत्रिकाबाट

मंगलबार, ०६ चैत्र २०७४, ०९ : ३७
मुखको क्यान्सरबाट कसरी बच्ने ?

मुखको क्यान्सरको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन गर्नु हो । मद्यपान, सुपारीजन्य पदार्थ खानु भनेको अखाद्य र रासायनिक पदार्थको प्रयोग गर्नु हो । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती सेवनका कारण हुने गरेका छन् । त्यसैले आजैदेखि सुर्तीको सेवन गर्न छाडौँ ।

 मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जुनसुकै प्रकारको रक्सी सेवन गरे पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपान गर्दा सुर्तीजन्य पदार्थको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुनाले बढ्छ ।
अल्कोहल, जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ ।

 मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ । प्रायःजसो मुखको क्यान्सर अन्य घाउ–खटिरा भएर आउँछ । बिहान–बेलुका, खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्न पाँच मिनेट छुट्याउनुस् । सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने गर्नाले मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।

 मुखमा विभिन्न दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । त्यस्तो अवस्थामा चिकित्सककोमा देखाउनुपर्छ । -नयाँ पत्रिका(डा. राजेन्द्र बराल क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल )

प्रतिक्रिया दिनुहोस