उखु किसानलाई भुक्तानी नदिने अग्रवाल  परे पक्राउ

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, ११ : ३९
उखु किसानलाई भुक्तानी नदिने अग्रवाल  परे पक्राउ

काठमाडौं । उखु किसानको रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्।

उनलाई बुधबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी रमेशकुमार बस्नेतले बताए।

उनीविरूद्ध सर्लाहीमा ठगी सम्बन्धी मुद्दा परेको थियो। सर्लाही जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्न पत्र पठाएपछि परिसरको टोलीले उनलाई उनको घरबाट पक्राउ गरेको थियो।

उनले उखु किसानको १७ करोड रुपैयाँ तिर्नुपर्नेमा केही रकम तिरेको सर्लाहीका प्रहरी निरीक्षक दीपक चोरवारले बताए।

उनलाई सर्लाही पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस