सरकारले परियोजना कार्यान्वयन गर्नुपर्छ: उपाध्यक्ष कँडेल

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ११ : ५९
सरकारले परियोजना कार्यान्वयन गर्नुपर्छ: उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

एमसीसी बारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताएका छन् । 

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए । उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको पनि बताए ।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको पनि स्पष्ट पारे । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेस गरेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस