पाँचथर । प्रधानमन्त्री केपि शर्मा ओली नेकपाको अध्यक्ष नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।ताप्लेजुङमा आयोजित भेलामा उनले नेपाल कम्युनिस्ट पार्टी नेकपा ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताए ।
निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, नेपालले भने । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’
निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताए । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गरे । ‘सूर्य पाउन आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उनले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गरे ।
जनताको बहुदलीय जनवाद ९जबज०सँग ओलीको साइनो सम्बन्ध नभएको उनले बताए । जबजका तीन विशेषता सुनाउँदै नेपालले भने, ‘उहाँको मुखबाट जनताको बहुदलीय जनवाद निस्कने कुरा पनि बेकारको कुरा हो ।’ जबज भनेको पार्टीको लोकतान्त्रिकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग साइने नरहेको नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल