काठमाडौँ । नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध उठेका विरोधका स्वरलाई देश विरोधी र भनेर लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकारको सर्वाेच्च अदालत र प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको टिप्पणी गरेको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्ति आफ्नै मर्यादित जिम्मेवारीविरुद्ध रहेको आरोप पनि प्रवक्ता शर्माले लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ माघ २०७७, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस