काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।
निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।
संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकास तर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाई गलत भएको पनि बताए । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने बताए ।
जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन २१ दिन बाँकीः निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका विभिन्न स्रोत सामग्रीहरू तयार
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
निर्वाचन आउन २३ दिन बाँकी: ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनको रोक!
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ केन्द्रित