काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरुको लडाइँ गलत विचारको विरुद्द भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफुहरुको लडाइ सहि बिचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताए । पार्टीभित्र पद र कुर्चीको हानाथाप भएको नभई पार्टीलाई बिचार, बिधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारको विरुद्धको भएको उनको भनाई छ ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै उनले संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको जिकिर गरे ।
नेकपाका बरिष्ठ नेता झलनाथ खनालले बिगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताए । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजिवादी उदारबाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाई छ । ओलीले झापाको दमकमा अर्बाैँ बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उनले आरोप लगाए ।
बरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्र माथिको आक्रमण भएको बताए । प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा