सुकुम्बासीको पक्षमा प्रचण्ड : बाँदरझुलाबासीलाई प्रतिपरिवार ५ कठ्ठा जमिन !

आइतबार, १० मंसिर २०७४, १८ : ३३
सुकुम्बासीको पक्षमा प्रचण्ड :  बाँदरझुलाबासीलाई प्रतिपरिवार ५ कठ्ठा जमिन !

 

चितवन ।  पुत्रवियोगको पिडा खपेरै चुनावी मैदानमा सक्रिय भएका प्रचण्ड आईतबार चितवन–३ स्थित बाँदरझुला पुगेका छन् । विभीन्न जिल्लाबाट बाँदरझुलामा आएका बसेकाहरुको ‘सुकुम्बासी बस्ती’मा पुगेका माओवादी अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित चुनावी सभालाई संवोधन गर्दै  प्रत्येक परिवारलाई ५ कठ्ठा जग्गाको मालिक बनाउन पहल गरिने बताएका छन् ।

लामो सयमदेखी जंगली जनावर, भारतीय डाका र निकुञ्ज प्रशासनको कहर सहेर बसेका बाँदरझुलाबासीलाई प्रचण्डले पाँच कठ्ठा जग्गाको मालिक बनाउने उद्घोष गर्दै भने, ‘लालपुर्जा, शिक्षा दिक्षाको ग्यारेन्टी भए मात्र तपाईहरु अन्यत्र स्थानान्तण हुन उपयुक्त हुन्छ अन्यथा यही ठाउँमा आतंकको अन्त्य हुनेगरी बस्न पाउनुपर्छ !’

‘मेरो दोस्रो प्रधानमन्त्री कालमा तत्कालिन भुमिसुधार मन्त्री विक्रम पाण्डेले सात धुर जग्गा दिएर लखेट्न खोजेका थिए’ चितवन–३ बाट प्रतिनीधिसभाका उम्मेद्वार समेत रहेका प्रचण्डले भने, ‘सात धुरले पुग्दैन भनेर मैले रोकिदिएको हुँ, उपयुक्त विकल्प बिना तपाईहरुलाई यहाँबाट उठाउने कुरा कसैले कल्पना पनि नगरे हुन्छ !’

आफु दोस्रो पटक प्रधानमन्त्री भएका बेला हात्ति र डोजर लगाएर बाँदरझुलाको सुकुम्बासी लखेट्न खोज्ने बिरुद्ध तत्काल एक्सन लिएको स्मरण गर्दै प्रचण्डले भने, ‘मलाई यहाँबाट फोन गयो, मैले ठाडो आदेश दिएर बाँदरझुलामा डोजर लगाउने काम तत्काल नरोक्ने हो, भने कारवाही गर्ने चेतावनी दिए, त्यसपछी यहाँमात्रै हैन देशभरीबाट सुकुम्बासी हटाउन खोज्नेहरु ब्याक भए ।’

बाँदरझुलाको बस्ति कम्युनिष्टले नै स्थापना गरेको दाबी गर्दै प्रचण्डले अब बन्ने कम्युनिष्ट सरकारको पहिलो बैठकले  सुकम्बासी समस्या समाधानको बारेमा निर्णय लिने आश्वासन दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी प्रती आक्रोश ब्यक्त गरेका प्रचण्डले बाँदरझुलाबासीलाई दुःख दिएमा दुई महिनापछी कारवाही गरेर देखाउने चेतावनी दिए । उनले भने, ‘कुनै कर्मचारीले राजा भएँ भन्ने नठाने हुन्छ, अब जनता नै राजा हुन् !’

प्रतिक्रिया दिनुहोस