मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल कोरोना संक्रमित

एजेन्सी

सोमबार, १२ माघ २०७७, १० : ५२
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल कोरोना संक्रमित

एजेन्सी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लापेज ओब्राडोर कोरोना भाइरसबाट संक्रमित भएका छन् । आइतबार ट्वीट गरेर उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमणका केही लक्षणहरु मात्रै देखिएको र उपचार गराईरहेको उनले जानकारी गराएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । सार्वजनिक स्थानमा मास्क लगाउन अस्वीकार गर्दै आएका उनले आफू निको हुनेमा आशावादी रहेको बताए । देशको उत्तरी तथा मध्य क्षेत्रको तीन दिने भ्रमण सकेर राजधानी मेक्सिको सिटी फर्किएका उनले काम भने जारी राख्ने जनाइएको छ ।

६७ वर्षका आन्द्रेस सन् २०१३ मा हृदयघातबाट गुज्रिएका हुन् । त्यो बेलासम्म उनले धुम्रपान गर्ने गरेका थिए ।मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण एक लाख ४९ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १७ लाख ६३ हजार दुई सय भन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस