पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

पत्रपत्रिकाबाट

सोमबार, १२ माघ २०७७, ०५ : २६
पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ ।

नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो । कार्यालयले वित्तीय प्रगतिसमेत राम्रो देखाउन सकेको छैन ।

आर्थिक वर्ष २०७६÷७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ ला २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ । सो रकम विनियोजित वार्षिक रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रूपमा कानुनको मस्यौदा तयार गर्ने अध्ययन गर्नेलाई लिएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस