काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नु भएको छ ।
विसं १९९२ जेठ १३ गते जन्मनुभएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक महिना कारागार जीवन व्यतीत गर्नुभएको थियो ।
वैद्यले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर