काठमाडौँ । एक महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थलीस्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ ३ गते उजुरी दिएपछि फरार बोहोराको प्रहरीले खोजी गरेको थियो । प्रहरीले आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ