काठमाडौँ । एक महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थलीस्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ ३ गते उजुरी दिएपछि फरार बोहोराको प्रहरीले खोजी गरेको थियो । प्रहरीले आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ