काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताएका छन् ।
आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताएका हुन् । संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाई छ ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै उनले यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताए । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाई छ ।
जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि बिचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनले बताए ।
जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०७७, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर