डेंगु ज्वरो

सोमबार, ०५ चैत्र २०७४, १९ : ०६

                                                                  डेंगु ज्वरो   
डेंगु ज्वरो लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । डेंगुको विषाणु भाईरस (Virus) द्धारा संक्रमित भएको एडिस एजिप्टाई (Aedes aegypti) जतको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रमा बढी पाईने गर्दछ । यसले स–सना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने फ्रलका गमालाहरु, गाडी ,मोटरसाईकल ,साईकलका पुराना टायरहरु र खाली डब्बाहरु, एयर कन्डीशन, एयर कुलर ,ड्रमहरु,पानीका ट्यांकी आदिमा जमेका पानीमा यसले फूल पार्दछ । यो रोग गराउने लामखुट्टेले दिउँसोमा मात्र टोक्ने गरेको पाईन्छ ।
डेंगु ज्वरोका मुख्य लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५–७ दिनसम्म रहन सक्छ । ज्वरोको साथ साथै असाध्यै टउको दुख्ने ,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ,ढाड ,जोर्नी तथा मांसपेशीहरु दुख्ने , शरीरमा विमिरा आउने यस रोगका लक्षणहरु हुन् । यी लक्षणहरु मध्ये ज्वरो आई दुई वा दुई भन्दा बढी लक्षण देखा पेको खण्डमा यस रोगको शंका गर्न सकिन्छ ।
यसका साथ साथै वाकवाकी लाग्ने ,वान्ता हुने ,पेट दुख्ने,नाक वा गिजाबाट रगत बग्ने ,रध्mस्राव हुने,वा शरीरमा रगत जमेको चक्का देखा पर्ने ,बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ ।
डेंगु ज्वरो विरुदको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावतको मुख्य उपाय हो । डेंगुु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।
डेंगु ज्वरोबाट बच्ने उपायहरु :
–पानी जम्ने टीनका डब्बाहरु थोत्रो टायरहरु ,खाली बट्टा ,गमला ,फूलदानीमा पानी जम्न दिनुहुदैन । 
–पानीका ट्याङकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्दछ । 
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टिटतेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्नुपर्दछ ।
–फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेरी दिनुपर्छ ।
–लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको शरीर पुरै ढाकिने खालको लुगा लगाउनुपर्दछ ।
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ ।
–घरका झ्याल ढोकाहरुमा जाली राख्नु पर्छ ।
–घर आँगन तथा वरिपरिको वातावर(ण सफा राख्नुपर्छ ।
–घर वरिपरि भएका पानी जम्ने खाडलहरु पुर्नु पर्छ । पानी जम्न दिनु हुदैन् ।

 

“याद राखौ , लामखुट्टेको टोकाईबाछ बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।”
                        “सरुवा रोगहरुबाट आफू पनि बचौं अरुलाई पनि बचाऔ”

                                                                                       

                                                                                         जिल्ला जनस्वास्थ्य कार्यालय ,चितवन
                                                                                                      फोन : ०५६–५२०१६३

प्रतिक्रिया दिनुहोस