काठमाडौँ । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।
उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ