भरतपुरमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १३ : ०४
भरतपुरमा शंकास्पद वस्तु फेला

चितवन । भरतपुर आँखा अस्पताल नजिक बाइपासरोडमा शनिबार मध्याह्न शंकास्पद वस्तु फेला परेको छ । बिहान निर्वाध सवारी साधन चलेको सडकमा मध्याह्नतिर शंकास्पद वस्तु देखा परेको हो ।

बट्टाजस्तो आकृतिलाई बाहिरबाट रातो टालोले बेरेर सेतो टेप टाँसिएको र तारसमेत जोडिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंका गरिएको छ ।

अहिले भरतपुर ब्यारेकबाट गएको सेनाले शंकास्पद वस्तु बम भए नभएको यकिन गरी डिस्पोज गर्ने तयारी गरिरहेको छ । यातायात आवागमन बन्द गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध शनिबार नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको हुनसक्ने सुरक्षा स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस