काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो ।
विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको छ । शनिवार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिले सहभागी हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठमा अनुसार सो अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । महाधिवेशनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।
सर्वसम्मतको विधान संशोधन प्रस्ताव पेश हुने - गैरआवासीय नेपाली संघको पुनःर्संरचनाको लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ । संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर सो अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।
यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा सत्र–सत्र सदस्सीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधनको साँझ प्रस्ताव तयार गरेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यबाट विशेष महाधिवेशन गर्नेको लागि स्वीकृति दिएको थियो । संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेशन, सदस्यता शुल्क, विज्ञको सहभागिता, राष्ट्रिय महाधिवेशनलगायतका विषयमा विधान संशोधनको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ माघ २०७७, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की