काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले कुन पार्टी आधिकारिक हो सडकमा आएर हेर्न चुनौती दिएका छन् ।
नेकपा प्रचण्ड माधव समूहले काठमाडौँमा गरेको शक्ति प्रदर्शनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने बताए । प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म जनता सडकबाट फिर्ता नहुने बताएका छन् ।
खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन, ओलीलाई जसरी पनि घुँडा टेकाएर छोड्छौँ ।’
उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । उनले नेपालका न्यायमूर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनाएको बताए ।
‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन । यो त संविधानले बनाएको आयोग हो । यसले सविधान र विधान अनुसार निर्णय गर्छ’, खनालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल