बहस सुनिरहेका महान्यायाधिवक्ता एकाएक किन हराए ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ माघ २०७७, ०७ : ३९
बहस सुनिरहेका महान्यायाधिवक्ता एकाएक किन हराए ?

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिए। बहस गर्ने ठाउँको दायाँपट्टी बसेर बहस सुनिरहने महान्याधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए ।

चिया ब्रेकपछि जारी सनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधीवक्ताज्यू?ग्́ भनेर सोध्दा उनी त्यहाँ थिएनन् । उनको साटो नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए । महान्यायाधीवक्ता सुनुवाइ छाडेर हिड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ? भनी प्रश्न गरेका थिए । 

प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समयबित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न भुलेको थियो । प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना निकाल्नुपर्ने हो तर सो सूचना राजपत्रमा नै नछापिएपछि सरकारी निकायहरुमा खैलाबैला मच्चिएको हो । आजको कान्तिपुर दैनिकले राजपत्रको विषय इजलासमा उठेपछि गुपचुप ढंगले छापेर इजलासमा बुझाउने तयारी भएको छ । 

प्रतिक्रिया दिनुहोस