काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ ।
लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।
आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ । आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।
एक अधिकारीले भने “आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।” यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ माघ २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु