काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ ।
लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।
आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ । आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।
एक अधिकारीले भने “आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।” यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ माघ २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि