एजेन्सी। भारतमा कोरोना खोप उत्पादक भवनमा आगलागी भएको छ । जहाँबाट नेपाललाई १० लाख खोप आएको थियो । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको खोप उत्पादक भवनमा आगलागी भएको छ ।
कोरोना भाइरसविरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको भवनमा बिहीबार आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका छैनन्, खोप सुरक्षित छ ।
भारतीय मिडियाले अहिले आगो निभाउने प्रयास भइरहेको जनाएको छ । पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । सोही कम्पनीको १० लाख खोप नेपाल आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १७ : ०१
लेखकबाट थप