एलेक्जाई नाभाल्नीको जनतालाई अपिल :तपाईँ र तपाईँको भविष्यका लागि आन्दोलनमा उत्रनुहोस्

एजेन्सी

मंगलबार, ०६ माघ २०७७, १२ : ५९
एलेक्जाई नाभाल्नीको जनतालाई अपिल :तपाईँ र तपाईँको भविष्यका लागि आन्दोलनमा उत्रनुहोस्

रुस । रुसी विपक्षी नेता एलेक्जाई नाभाल्नीले सोमबार जनतालाई आन्दोलनमा उत्रन अपिल गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

युट्युबमार्फत भिडियो सन्देश जारी गर्दै नाभेल्नीले आन्दोलनको अपिल गरेका हुन् । ‘यी भ्यागुता (भ्लादिमिर पुटिन) सबैभन्दा धेरै केसँग डराइरहेका छन् ? यी बंकर चोरहरु केसँग धेरै डराइरहेका छन् ?

तपाईहरुलाई राम्ररी थाहा छ, उनीहरु मानिस सडकमा आउँछन् कि भनेर तर्सिरहेका छन् । त्यसैकारण तपाईहरु सडकमा आउन तर्सनुहुन्न । मेरा लागि होइन, तपाईँ र तपाईँको भविष्यका लागि,’ उनले भने ।