एनसेलले ल्यायो उद्यमी, व्यावसायीहरुलाई लक्षित गर्दै सुलभ दरको नयाँ ‘बिजप्लस प्लान’

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, ०९ : २४
एनसेलले ल्यायो उद्यमी, व्यावसायीहरुलाई लक्षित गर्दै सुलभ दरको नयाँ  ‘बिजप्लस प्लान’

काठमाडौं । एनसेलले आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याएको छ । 

एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लानहरु ल्याएको र यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्नेमा विश्वास लिएको जनाएको छ । बिजप्लस प्लानमा  भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई आत्मसाथ गर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्ने जनाएको छ । 

नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ । प्लान अन्तर्गत साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने जनाएको छ । 

नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविाहरु पाउँछन् । यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन् ।  

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु तथा कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस