काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उहाँले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट गर्नुभयो ।
“संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो”, उहाँले भन्नुभयो, “कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।”
पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ माघ २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली