भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारबाट संविधानलाई रछ्यानमा पुर्याउने काम भएको बताएका छन् ।
कांग्रेस चितवनले आज शारदानगरमा गरेको विरोध सभामा संवोधन गर्दै नेता पौडेलले भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौँ, अहिले चुनाव चुनाव भनिरहन आवश्यक छैन ।’ उनले आज नभएको चुनाव भोलि वा पर्सी हुने बताए ।
नेता पौडेलले भने, ‘संसद पुनस्र्थापना भए पनि कांग्रेस ठूलो शक्ति बन्छ, चुनाव भए पनि कांग्रेस निर्णायक शक्ति नै बन्छ ।’ केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पुनस्र्थापना अपरिहार्य रहेको बताए । उनले अबको निर्णायक शक्ति नै कांग्रेस भएको दावी गरे ।
न्यायाधीशहरुको विश्वास आफूले गरेको बताउँदै नेता पौडेलले भने, ‘अदालतको निर्णय शिरोधार्य गर्छौ, तर विश्वास छ, न्यायाधीशहरुले सही निर्णय गरेर संसद पुनस्र्थापना नै गर्नेछन्, यसमा मलाई पूरा विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०७७, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट