चितवन । चितवन राष्ट्रिय निकुञ्जले सात वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य इलाकाबाट सालको काठ तस्करीमा सम्लग्न रहेका अभियुक्तलाई आज पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२४ का जगतपुरका २७ वर्षीय सन्तोष विक रहेका छन् । निजले बिसं २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो ।
उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु आठ हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
विकलाई निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाइएको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीव्रता दिएको छ । गत महिना मात्रै गैँडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ माघ २०७७, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ