चितवन । चितवन राष्ट्रिय निकुञ्जले सात वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य इलाकाबाट सालको काठ तस्करीमा सम्लग्न रहेका अभियुक्तलाई आज पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२४ का जगतपुरका २७ वर्षीय सन्तोष विक रहेका छन् । निजले बिसं २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो ।
उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु आठ हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
विकलाई निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाइएको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीव्रता दिएको छ । गत महिना मात्रै गैँडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ माघ २०७७, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ