पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, १७ : ५४
पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

काठमाडौँ । नेपाल भारत पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । पटना–मोतिहारी–अमलेखगन्जको पाइपलाइन फुटाएर डिजल चोरी भएको हो । 

भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस