चितवनको सातै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा हुँदै, बरिष्ठ नेता सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, ११ : ५१
चितवनको सातै पालिकामा नेपाली कांग्रेसको बिरोध सभा हुँदै, बरिष्ठ नेता सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

चितवन । नेपाली काँग्रेसले माघ ३ गते देशभर  गर्न लागेको बिरोध प्रदर्शनका क्रममा चितवनका सात स्थानीय तहमा बृहत कार्यक्रमहरु गर्ने भएको छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो ।

काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । श्रेष्ठका अनुसार  दिउँसो १ वजे शारदानगरमा हुने बिरोध सभामा नेताहरुले सम्बोधन गर्नेछन्

राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्दै छन् । भण्डारामा ११ वजे र रत्ननगरमा दिउँसो १ वजे बिरोधसभा हुँदै छ । यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ वजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ वजे, माडीको बसन्तपुरमा १२ः३० बजे  र ईच्छाकामनाको मुग्लिन बजारमा १२ः३० वजे बिरोध प्रदर्शन संगै सभा हुँदै छ ।  ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो । यस अघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानीक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।  

प्रतिक्रिया दिनुहोस