एजेन्सी । बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।
बिहीबार सार्वजनिक एकैदिनको मृतक संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५ पुगेको छ । यो संख्या कोरोना संक्रमित भएको २८ दिनभित्र मृत्यु भएकाहरुको तथ्याँकमा आधारित छ ।एक हप्ताभित्र तीन हजार ४१७ जनाको मृत्यु भएको छ । बुधबार एकैदिनमा एक हजार ५६४ जनाको मृत्यु भएको थियो जुन बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दर अत्यधिक रुपमा बढेसँगै फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।
बिहीबारसम्ममा ३३ लाख ५६ हजार २२९ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २९ लाख १८ हजार २५२ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ३७ हजार ९७७ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ माघ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित