काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष समेत बैठकले निकालेको छ । बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले आन्दोलनलाई अझ सशक्त प्रभावकारी बनाएर ओली सरकारलाई घुँडा टेकाउने निर्णय गरेको छ ।
बैठपछि नेता रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिए । उनले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताए । उनले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छ : पुन
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
संवैधानिक इजलासमा पुण्यप्रसाद खतिवडाले राखे माग : ‘निर्वाचनमा जानु नै उपयुक्त’ भन्दै दायर गरेको रिटमा छलफल हुनुपर्छ
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर
प्रचण्ड र माधव नेपालले सर्वसधारणलाई गरे यस्तो अपिल...