विदेशबाट चीनमा कोरोना भाइरस आएको चिनियाँ कम्युनिष्ट पार्टीको दाबी

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १४ : ११
विदेशबाट चीनमा कोरोना भाइरस आएको चिनियाँ कम्युनिष्ट पार्टीको दाबी

काठमाडौं । कोरोना भाइरस पहिलोपटक  पहिचान भएको स्थल चीनको उहानमा अनुसन्धानकर्ताहरुको १० सदस्यीय टोली पुगेको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) अन्तर्गतको टोली बिहीबार अनुसन्धानका लागि उहान पुगेको हो ।

महिनौंसम्मको कुटनीतिक प्रयासपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले डब्ल्युएचओको टोलीलाई भ्रमण अनुमति दिएका हुन् । टोलीमा समावेश वैज्ञानिकहरुले चमेरो वा अन्य कुनै जनावरबाट मानिसमा कोरोना सरेको थियो भन्नेबारे अध्ययन गर्नेछन् ।

२०१९ को अन्त्यतिर चीनको उहानमा पहिलोपटक पहिचान भएको यो भाइरसका कारण अहिलेसम्म विश्वभर १९ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले विदेशबाट चीनमा भाइरस आएको दाबी गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस