एजेन्सी । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ। कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरेका छन् । जापानले कोरोना भाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ। पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ।
विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन्। आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन्। जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ माघ २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
५ वर्षलाई नवीकरण भयो जापानमा कामदार पठाउने समझदारी
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु