काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । छ वर्षीया बालिकालाई धुञ्चे क्षेत्रमा बलात्कार गरेको आरोपमा बालिकाका संरक्षकले दिएको जाहेरीका आधारमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भएका वर्ष २२ का यमप्रसाद भट्टराईलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यही पुस १८ गते भएको घटनाको विवरण ढिलो पेश भए पनि तदारुक्ताका साथ प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न गराएर थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म बलात्कार तथा जबर्जस्ती करणीका ११ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २९ पुस २०७७, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ