पोखरा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले हार्ने चुनाव ओलीले नगर्ने बताएका छन् । चुनाव भएको अवस्थामा सबैले ओलीले चुनाव हार्छन् भनि रहेको अवस्थामा चुनाव नहुने उनको दाबी छ ।
कुनै पनि हालतमा चुनाव हुन्न । यो हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्छ, उनले भने । जनता समाजवादी सानै भए पनि जिरे खुर्सानी छ भन्ने ओलीले बुझेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको उनको आरोप छ । जो सँग लडे भन्ने भ्रम छरेर सत्तामा गएको । केही दिनपछि सरकार भारत जाँदै छन् । यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखेको छ । प्रतिनिधी सभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, उनले भने ।
जसलाई हामी राष्ट्रवादी भन्दैछौं उसैले ठुलोखलबाड गरेको उनको भनाई छ।
उनले प्रधानमन्त्री ओली प्रवृटिलाई पकेट मार प्रवृतिका संज्ञा दिएका छन् । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने उनले बताए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरेका छन् ।
मानव अधिकार चोकबाट निस्केको जसपाको विरोध र्याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई