पोखरा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले हार्ने चुनाव ओलीले नगर्ने बताएका छन् । चुनाव भएको अवस्थामा सबैले ओलीले चुनाव हार्छन् भनि रहेको अवस्थामा चुनाव नहुने उनको दाबी छ ।
कुनै पनि हालतमा चुनाव हुन्न । यो हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्छ, उनले भने । जनता समाजवादी सानै भए पनि जिरे खुर्सानी छ भन्ने ओलीले बुझेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको उनको आरोप छ । जो सँग लडे भन्ने भ्रम छरेर सत्तामा गएको । केही दिनपछि सरकार भारत जाँदै छन् । यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखेको छ । प्रतिनिधी सभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, उनले भने ।
जसलाई हामी राष्ट्रवादी भन्दैछौं उसैले ठुलोखलबाड गरेको उनको भनाई छ।
उनले प्रधानमन्त्री ओली प्रवृटिलाई पकेट मार प्रवृतिका संज्ञा दिएका छन् । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने उनले बताए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरेका छन् ।
मानव अधिकार चोकबाट निस्केको जसपाको विरोध र्याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई